नेपालमै सम्भव छ ! ‘डिग्री होल्डर’ जोडीले बनाए नमूना बाख्रा फर्म

लोकान्तर

काठमाडौँ

प्रकाश आचार्य

पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनाबाट २ किलोमिटरभित्र लखनपारा गाउँ छ । लखनपारालाई अहिले बाख्रार्फमको नामले चिनिन्छ ।

सैनामैना नगरपालिका–४ रानिबगियामा पर्ने सो स्थानमा विगत ९ वर्षदेखि नमूना व्यावसायिक बाख्रार्फम सञ्चालनमा आएपछि त्यो ठाउँको नाम समेत बाख्राफर्म रहन गर्‍यो । 

देशमा कृषि क्षेत्रमा सम्भावना भएपनि आम मानिसको हेराइ राम्रो छैन । कृषिप्रतिको नकारात्मक दृष्टिकोण परिर्वतन गर्न १७ वर्ष पत्रकारिता र साहित्यको पेशा चटक्कै छाडेर प्रेमसागर पौडेलको जोडी बाख्रापालन पेशामा होमिएको छ । प्रेमसागर र उनकी पत्नी ज्ञानकुमारी पुन स्नातकोत्तर उत्तीर्ण हुन् ।

प्रेमसागरले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र मावनशास्त्रमा स्नातकोत्तर गरेका छन् भने पत्नी पुनले बेलायतको लण्डन युनिभर्सिटीबाट बिजनेश म्यानेजमेन्टमा एमडी गरेकी छन् । ‘डिग्री होल्डर’ यो जोडीले खोलेको फर्म हो, सैनामैना सामुदायिक बाख्रापालन तथा नश्ल सुधार केन्द्र ।

प्रकाशित मिति: : 2020-05-09 13:47:27

प्रतिकृया दिनुहोस्