पदचाप

छोएर गएपछि

छोडेर गएपछि

मुटुभित्र रहेका पदचापहरु

स्पर्शका यादगारहरु

मेटिँदैनन् कसैगरि

अहँ! फर्कदैनन् कसैगरि

विगत विगत न हो

बगेको पानी न हो

व्यतीत जवानी न हो

न भेटिछ कतै गई

न मेटिछ कसैगरि

तैपनि कहिलेकाहीँ

सोध्न मनलाग्छ

अलिकति मनको गुनासो

पोख्न मन लाग्छ

भनिदेउन कसैले

‘कहाँ गए ती मेरा दिनहरू’।

प्रकाशित मिति: : 2020-05-09 13:33:17

प्रतिकृया दिनुहोस्