भारतले सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठाडो हस्तक्षेप गर्दा बोल्न नसक्नु कुटनीतिक कमजोरी: साझा

बिएल संवाददाता

काठमाडाै‌ं

भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडक मार्गको उद्घाटन गर्दा पनि सरकार बेखवर रहनु विडम्बनापूर्ण रहेकाे साझा पार्टीले बताएको छ।

भारत सरकारको लगातारका अन्तराष्ट्रिय कानुन विपरीत सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप गर्दा बोल्न नसक्नु नेपालको कुटनीतिक कमजोरी रहेको साझाको भनाइ छ।

‘भारतले गरेको सीमा अतिक्रमण र नयाँ नक्सामा नेपाली भूमि समेटिएको विषय सुल्झाउन नेपालका तर्फबाट भारत सरकारसँग परिणाममुखी संवाद हुन नसक्नु हाम्रो ‍कुटनीतिक कमजोरी पनि उत्तिकै जिम्मेवार छ’,’साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले शनिबार विज्ञप्ति निकालेर भनेका छन्।

भारतले सबै अतिक्रमित भूमि छोडेर जानु पर्ने, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग रहेको स्पष्ट पार्नुपर्नलगायतका माग साझको छ। 

पछिल्लो समय उसले जारी गरेको नयाँ नक्सा सच्याउनु पर्ने र नेपाली भूमिमा सडक निर्माण गरेकोमा क्षमायाचना गर्नुपर्ने साझा पार्टीको धारणा रहेको सहप्रवक्ता पाठकले बताएका छन्।
 

प्रकाशित मिति: : 2020-05-09 11:46:41

प्रतिकृया दिनुहोस्