स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरानाको संक्रमण देखिएको नेपालगञ्जमा शुक्रबार दुई हजार किट पठाएको छ।
मन्त्रालयले भेरी अस्पताल नेपालगञ्जमा रहेको प्रयोगशालामा पीसीआर जाँचका लागि पठाएको दुई हजार किट शुक्रबार साँझ आइपुगेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिए।
नेपालगञ्जमा हालसम्म २४ जनामा कोरोनाको संक्रमण देखिएको छ । शुक्रबार मात्रै एकजनामा कोरोना संक्रमण देखिएको थियो।