भारतले लिपुलेक हुँदै सडक खोलेको विषयमा कांग्रेसद्वारा सरकारको धारणा माग

बिएल संवाददाता

काठमाडाै‌ं

भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको धारणा माग गरेको छ। 

शुक्रबार साँझ कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माले एक ट्वीट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गरी सरकारको धारणा माग गरेका हुन्।

'लिपुलेक नेपालको भुमि हो, हामी प्रष्ट छौं। चीनको मानसरोवर जोड्न भारत सरकारले लिपुलेक हुँदै सडक उद्घाटन गरेको समाचार बारे नेपाल सरकारको धारणा चाहन्छौं ?,' प्रधानमन्त्री ओलीलाई प्रवक्ता शर्माको प्रश्न  छ।

उनले थपेका छन्, 'नेपाली भूभागबारे उच्चस्तरीय कुटनीतिक पहलमार्फत दीर्घकालीन समाधान खोज्‍न, सरकारको दायित्व पुनः स्मरण गराउँदछौं।'

#लिपुलेक_नेपालको_भुमि_हो, हामी प्रष्ट छौं l चीनको मानसरोवर जोड्न भारत सरकारले लिपुलेक हुँदै सडक उद्घाटन गरेको समाचार बारे नेपाल सरकारको धारणा चाहन्छौं ! @PM_Nepal

नेपाली भुभागहरु बारे उच्चस्तरीय कुटनैतिक पहल मार्फत दीर्घकालीन समाधान खोज्न, सरकारको दायित्व पुनः स्मरण गराउंदछौं !

— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 8, 2020
प्रकाशित मिति: : 2020-05-08 22:11:51

प्रतिकृया दिनुहोस्