वीरगञ्जकाे अलौंमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप

वीरगञ्ज महानगरपालिका वडा नं १७, अलौंमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ।

बिहीबार सीमावर्ती भारत बिहारको हरैया गाउँबाट केही समान लिएर एक भारतीय नागरिक नेपालतर्फ आउँदै थिए । 

अलौंको सिवान टोलमा खटिएको सशस्त्र प्रहरीले उनलाई रोकेर सोधपुछ गर्दा उनी विवादमा उत्रिएका थिए । विवादपछि फर्केर गएका उनले समान लुकाएर थप ७/८ जना साथीहरुसहित आएर सशस्त्र प्रहरी जवानलाई हातपात गरेका थिए । 

त्यस क्रममा सशस्त्र प्रहरी जवानको पोशाक च्यातिएको स्रोतले जनाएको छ । उनीहरुलाई भगाउनका लागि एक राउण्ड हवाई फायर समेत गर्नुपरेको सशस्त्र प्रहरीले जनाएको छ ।  

सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले लकडाउनमा तस्करी गर्न खोज्ने भारतीय तस्करलाई रोक्दा स्थिति तनावपूर्ण बनेपछि हवाई फायर गर्नु परेको जानकारी दिए ।

प्रकाशित मिति: : 2020-05-07 20:54:27

प्रतिकृया दिनुहोस्