संसद सचिवालयको आग्रह: सहयोगी नलिई आउनुस्

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रियसभाले बैठकमा आउँदा सहयोगी नल्याउन सांसदहरुलाई आग्रह गरेको छ। बिहीबार बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सांसदहरुलाई यस्तो आग्रह गरेको हो।

संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार ठाउँ साँघुरो र रोगको जोखिम कम गर्नका लागि यस्तो आग्रह गर्ने निर्णय भएको हो।

‘नल्याइ नहुने सुरक्षार्थ खटिएकाहरुका सन्दर्भमा केही भन्ने कुरा भएन।  तर, सकेसम्म सहयोगी नल्याउन भनिएको छ,’उनले भने। 

शुक्रबारबाट संघीय संसदको वर्षे अधिवेशन सुरु हुँदैछ। कोरोना भाइरस को जोखिम न्युनीकरण गर्नका लागि सामाजिक दुरी कायम हुने गरी बैठक कक्ष तयार पारिएको छ। 

धमलाका अनुसार विशिष्ट व्यक्ति, संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका प्रमुख र पत्रकार तथा दर्शकदीर्घामा लागि छुट्टाछुट्टै प्रवेशद्वार छन्। अधिवेशनका लागि ३ सय ३४ जना सांसदलाई अलग अलग बस्नेगरी कुर्सीको व्यवस्था मिलाइएको छ।  दुवै सदनमा रहेका २–२ वटा कुर्सी छाडेर बस्न मिल्ने मिलाइएको छ। दुवै सदनको बैठक हलमा कम्तीमा एक मिटर दूरी कायम गरेर कुर्सी व्यवस्थापन गरिएको छ। 

बैठक कक्षमा प्रधानमन्त्रीलाई अलग्गै राखिने छ। उनको आसन नजिकका कुर्सी खाली राख्ने व्यवस्था मिलाइएको छ। 

प्रकाशित मिति: : 2020-05-07 19:40:48

प्रतिकृया दिनुहोस्