मादक पदार्थ (मापसे) गरेर एम्बुलेन्स चलाउँदा गौशलामा दुर्घटना भएको छ।
बिहीबार दिउँसो बा८६ ६९२८ नम्बरको एम्बुलेन्सले बा १० च ८५१३ नम्बरको ग्राण्डी अस्पतालको कारलाई ठक्कर दिएको थियो।
दुर्घटनापछि चेकजाँचका क्रममा एम्बुलेन्स चालक मोरङ, पथरीका ३६ वर्षीय रामबहादुर चौधरीले मापसे गरेर सवारी चलाएको पाइएको छ। साथै उनीसँग सवारी चालक अनुमति पत्र समेत नभएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन। दुवै सवारी र चालक गौशाला प्रहरीको नियन्त्रणमा छन्।