कोरोना रोक्न साग–तरकारी आयात निषेध : डोको बोक्ने किसानदेखि मन्त्रीसम्म खुशी

लोकान्तर

काठमाडौँ

शेरबहादुर थापा

कर्णाली प्रदेश सरकारले १० दिनअघि अन्य प्रदेशबाट आउने तरकारी र फलफूललाई निषेध गर्ने निर्णय गर्‍यो । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले निर्णय लिएको भएपनि त्यसको सकारात्मक प्रभावले कर्णाली स्थानीय कृषक हौसिएका छन् ।

‘विगतमा आफ्नै बारीको साग बिक्री गर्न हम्मेहम्मे पर्थ्यो । अहिले हामी डोकोमै साग तरकारी बोक्दै घरघर गइरहेका छौं,’ वीरेन्द्रनगर नगरपालिका–१ रेडियो नेपाल नजिक बस्दै आइरहेकी चंखे बुढाले भनिन्, ‘लकडाउनमा समाजसेवा पनि हुने र २–४ सय आम्दानी पनि हुने अवस्था बल्ल आएको छ ।’

प्रकाशित मिति: : 2020-05-07 15:33:42

प्रतिकृया दिनुहोस्