होटल व्यवसाय ६ महिना बन्दको घोषणापछि कर्मचारी आक्रोशित, आन्दोलनको चेतावनी

रातोपाटी

काठमाडौँ

प्रयास श्रेष्ठ

 कोभिड–१९ का कारण अस्तव्यस्त भएको पर्यटन क्षेत्रको प्रमुख व्यावसायिक क्षेत्र होटल व्यवसायले लामो कसरतपछि गत आइतबार एउटा कठोर निर्णय ग¥यो । होटल व्यवसायीहरुको छाता सङ्गठन होटल सङ्घ नेपाल (हान) को आइतबार बसेको बैठकले आगामी असोज मसान्तसम्मका लागि सम्पूर्ण होटल व्यवसाय बन्द राख्ने निर्णय गरेको हो । त्यति मात्र होइन कोरोनाका कारण डुबेको होटल व्यवसायबाट कर्मचारीसमेत पाल्न नसक्ने अवस्था आएको भन्दै सङ्घले कर्मचारीको सेवा सुविधासमेत कटौती गर्ने निर्णय पनि गरेको छ ।

साविकको आधारभूत तलबबाट ८७.५ प्रतिशत कटौती गर्दै कर्मचारीलाई १२.५ प्रतिशत मात्र तलब खुवाउने सङ्घले निर्णय गरेको छ ।हानका पदाधिकारी, पूर्वअध्यक्ष तथा सदस्य होटलहरुका प्रतिनिधिहरु समेतको बैठकले कर्मचारीहरुप्रति कठोर बन्दै उक्त निर्णय गरेको हो । वैशाख १ गतेदेखि असोज मसान्तसम्मको ६ महिनाको अवधिभर होटलका कर्मचारीहरुलाई साढे १२ प्रतिशत मात्रै तलब सुविधा उपलब्ध गराउने र सो निर्णय कर्मचारीहरुले नमाने वा असहमति जनाए रोजगारीबाटै निकाल्नेसम्मको निर्णय गरेको छ ।

 

प्रकाशित मिति: : 2020-05-07 15:28:28

प्रतिकृया दिनुहोस्