नेकपाका दुई अध्यक्षको सल्लाहपछि भोलि बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित

नेकपाका दुई जना अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले भोलि बस्ने भनी यसअघि सचिवालय बैठकले तोकेको स्थायी कमिटीको बैठक स्थगित गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकपछि दुई अध्यक्षको सल्लाहमा स्थगित गर्ने निर्णय भएको हो । अब कहिले बस्ने भन्ने पनि नताेकिएकाले याे बैठक अनिश्चित कालका लागि स्थगित भएको हाे ।

नेकपा प्रचार विभाग उपप्रमुख एवम् प्रधानमन्त्रीाका प्रेस सल्लाहका सूर्य थापाले दिएकाे जानकारी अनुसार, सचिवालयकाे बैठक सुरु गर्दै प्रधानमन्त्री ओलीले अहिले स्थायी कमिटी बैठक आवश्यक नरहेकाे बताएका  थिए । उनले भाेलिदेखि स‌ंघीय संसद्काे बजेट अधिवेशन सुरु हुने हुनाले अब बजेट र नीति–कार्यक्रममा केन्द्रित हुनुपर्ने बताए । त्यसपछि ओली बैठकबाट निस्केर आराम गर्न गएका  थिए ।

कार्यकारी अध्यक्ष प्रचण्डकाे अध्यक्षतामा बैठक जारी रहेकाे  थियाे । सबै नेताहरुले बैठकमा आ–आफ्नाे धारणाा राखेका  थिए । सबैले धारणाा राखिसकेपछि प्रचण्डले प्रधानमन्त्री ओलीसँग भेट गरे । दुबै अध्यक्षले छलफल गरेका  थिए । 

प्रेस सल्लाहकार थापाले भने, 'दुई जना अध्यक्षले सल्लाह गरेर बैठक स्थगित गर्नुभएकाे हाे । अब संसदमा प्रि-बजेट छलफल, सरकारकाे नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुनुपर्छ भन्नेमा दुबै अध्यक्ष एकमत हुनुभयाे । दुई अध्यक्षकाे सहमतिमा स्थायी कमिटी बैठक स्थगित गरिएकाे हाे ।'

 

 

प्रकाशित मिति: : 2020-05-06 19:23:27

प्रतिकृया दिनुहोस्