नेकपा स्थायी कमिटीका दुई मुद्दा–  सरकार पार्टीले चलाउने कि प्रधानमन्त्रीले ? 'एक व्यक्ति एक पद' कति संभव ?

अध्यादेश प्रकरणपछि पार्टीले सरकार चलाउने कि प्रधानमन्त्रीले चलाउने भन्ने विवादमा फसेको नेकपाको भोलि बस्ने स्थायी कमिटी कमिटीमा लैजाने एजेण्डासहित सचिवालयका प्रस्ताव तयार गर्न  बुधबार तीन बजे डाकिएको छ ।

स्थायी कमिटीबाट पार्टीले सरकार चलाउने निर्णय गराएर शक्तिशाली बन्ने कार्यकारी अध्यक्ष प्रचण्डको योजनालाई सफल हुन नदिने तयारी प्रधानमन्त्री केपी शर्मा ओलीको तयारी छ । स्थायी कमिटीमा नेकपा सचिवालय सदस्यहरुले बोल्ने नभई जवाफ दिनुपर्ने सामूहिक दायित्व भएकाले आझको सचिवालय बैठकलाई महत्वपूर्ण मानिएको छ ।

त्यसबाहेक वरिष्ठ नेता माधव नेपालले उठाउँदै आएको 'एक व्यक्ति एक पद' अर्को मूल विवाद हो । प्रचण्डले नेपालसँगको भेटमा प्रस्तावमा सहमति जनाएका छन् तर प्रधानमन्त्रीले अस्वीकार गरिसकेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थायी प्रधानमन्त्री  निवास बालुवाटारमा बस्ने उक्त बैठकले पार्टीमा देखिएका विवाद समाधानको प्रस्ताव तयार पार्नुपर्ने छ । उक्त प्रस्तावको मस्यैदा तयार पार्ने जिम्मा अध्यक्ष एवम्  प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएका छन् । उनले महासचिव विष्णु पौडेलसँगको सहकार्यमा प्रस्ताव ल्याउन लागेका हुन् ।

नाटकीय ढंगले शनिबारको सचिवालय बैठकमा ओली र प्रचण्डबीच एकता भएपछि त्यसै दिन२५ गतेका लागि स्थायी कमिटी बैठक डाकिएको हो । सचिवालयमा अल्पमतमा पर्ने अवस्थामा पछि हटेका प्रचण्ड सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रयेग गरी ओलीबाट पार्टीसँग सम्बन्धित सबै अधिकार छिन्ने र सरकार पार्टीले भनेअनुसार मात्र चल्न पाउने अवस्थामा पुर्‌याउने दाउमा छन् । प्रधानमन्त्री ओली पनि  कमजोर बन्न तयार छैनन् ।

यसै शक्ति सञ्चयको तयारी स्वरुप नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारदेखि नै पार्टीका शीर्षनेतालाई छुट्टा छुट्टै भेट गरेका छन् । ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, विष्णु पौडेललाई बेग्लाबेग्लै छलफल गरेका छन् । प्रचण्ड दैनिक बालुवाटार गइरहेका छन् ।

कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपालदेखि नारायणकाजी श्रेष्ठले समेत गुटका अलग–अलग बैठक गरिसकेका छन् । स्थायी कमिटीको अजेन्डा तय गर्ने जिम्मेवारी पाएका दाहाल र विष्णु पौडेलले गत सोमबार माधव नेपालसंगसमेत भेटघाट गरेका थिए । उक्त भेटपछि मंगलबार दिउँसो ओलीले दाहाल, नेपाल र खनालसँग भेट गरेका थिए ।

ओलीले सधैं पेल्ने गरेको नेपाललाई शनिवारको सचिवालय बैठकमा प्रचण्डले पनि धोका दिएर सहमति गरेपछि नेपाल अहिले निकै सशंकित भएका छन् ।  अहिले दुवै पक्षका नेताहरु स्थायी कमिटी बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल सम्बन्धि गृहकार्यमा जुटेका छन् ।

ओलीले पार्टीलाई सहमतिका आधारमा अघि बढाउने आश्वासन दिँदै आए पनि उनले 'एक व्यक्ति एक पद' अस्वीकार गर्दै आएका छन् । प्रचण्डले आफूनिकट स्थायी कमिटी सदस्यहरुलाई जमेर बहस गर्न निर्देशन दिइसकेका छन् ।

 

 

प्रकाशित मिति: : 2020-05-06 13:29:37

प्रतिकृया दिनुहोस्