अस्ट्रेलियाका नेपाली विद्यार्थीको समस्यावारे शिक्षा सचिवलाई राजदूतको व्रिफिङ्ग

कोरोना भाइरस कोभिड १९ माहामारीका कारण अस्ट्रेलियामा नेपाली विद्यार्थीले भोगिरहेका समस्याबारे अस्ट्रेलियास्थित नेपाली राजदूतले महेशराज दाहालले शिक्षा मन्त्रालयलाई जानकारी गराएका छन ।

राजदूत महेशराज दाहालले कोराना भाइरसको संक्रमणका कारण सयौ नेपाली विद्यार्थीले रोजगार गुमाउदा समस्यामा परेको भन्दै शिक्षा सचिवलाई शनिवार व्रिफिङ्ग गरेका हुन।

प्रधानमन्त्री स्कट मोरिसनले समस्यामा परेका अन्र्तराष्ट्रिय विद्यार्थी तथा भिजिटर भिसामा आएकाहरुलाई घर फर्कन सल्लाह दिए लगतै राजदूत दाहालले सरकारको उक्त सुझावले नेपाली विद्यार्थीमा आउन सक्ने सम्भावित समस्याका वारेमा पनि शिक्षा सचिवलाई अवगत गराएका छन । प्रधानमन्त्रीको अविब्यक्ति पछि आक्तिहाल्नुपर्ने अवस्था नभएको भन्दै राजदूत दाहालले संयमित भएर सरकार समक्ष प्रस्तुत हुने नेपालन्यूजलाई बताए।

६० हजारको संख्यामा रहेका नेपाली विद्यार्थीहरु अस्ट्रेलियामा काम गर्दे पढ्दै आएका थिए । अत्यावश्यक सेवा वाहेक सवै क्षेत्र बन्द भएपछि अधिकाशं नेपाली विद्यार्थीहरुको रोजगारी गुमेको छ भने नयाँ आएका विद्यार्थीहरु आर्थिक संकटमा पर्न थालेका छन । राजदूतवासको पहलमा गैरआवासीय नेपालीसंघ अस्ट्रेलियाले उनीहरुलाई एक महिना खानवस्न सहयोग गरेपनि ब्यवसाय खुल्न अझै केही महिना कुर्नुपर्दा आर्थिक भारका कारण नेपाली विद्यार्थीमा तनाव उत्पन्न हुने देखिन्छ।

त्यसैले अस्टे«लियामा अध्यनरत नेपाली विद्यार्थीहरुलाई कोभिड संक्रमणको अवधिभर तत्कालका लागि सहयोग गर्न नेपाल सरकारवाटै पहल हुनपर्ने माग अस्ट्रेलियामा रहेका नेपाली समूदायले उठाउदै आएका छन । यसैवीच राजदूतको विफिङ्गपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेले अस्ट्रेलियामा नेपाली विद्यार्थीको समस्याका वारेमा दूतावास संग समन्वयन वास्तविक अवस्था बुझ्न शिक्षा सचिव महेशप्रसाद दाहाललाई निर्देशन दिएका छन।

अस्ट्रेलियामा रहेको नेपाली दूतावासले भने अस्टेलिया भर छरिरहेका नेपाली विद्यार्थीहरुको समस्या बुझन अनलाई फारम मार्फत विवरण संकलन गरीरहेको छ ।

प्रकाशित मिति: : 2020-05-06 12:40:24

प्रतिकृया दिनुहोस्