नेकपा नेता रिजाल भन्छन् – भारतमा नागरिकको पीडा बुझ्ने राजदूत भएनन्

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले भारतका लागि नेपाली राजदूतको कामप्रति असन्तुष्टि जनाएका छन्।

सामाजिक सञ्जाल ट्विटरमार्फत उपप्रमुख रिजालले भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यलाई घुमाउरो पाराले नागरिकको पीडा नबुझेको बताएका छन्।  

उनले ट्विटरमा लेखेका छन्, 'भारतमा रहेका नेपालीहरूले दिनदिनै फोन गरेर दुःखका अनेक कथा सुनाइरहेका छन्। लाखौं नेपालीहरू रहेको भारतमा सक्रिय, भविष्य भएको र आफ्ना नागरिकको पीडा बुझ्ने राजदूत भइदिएको भए अलिकति राहत हुने रहेछ।'

भारत सरकारले गरेको लामो बन्दाबन्दीको मारमा धेरै नेपाली कामदारहरु परेका छन्। उनीहरुको अवस्था दिनानुदिन दयनीय बन्दै गएको छ। राजदूत आचार्यलाई ओली नेतृत्वको नेकपाकै सरकारले भारतका लागि नेपाली राजदूतमा नियुक्ती गरेको थियो।

 

 

प्रकाशित मिति: : 2020-05-06 11:12:37

प्रतिकृया दिनुहोस्