रुकुम (पूर्व) को सिस्ने गाउँपालिकाले कोरोना जाँचका लागि पिपिई र थर्मल गनसहित थप स्वास्थ्य सामग्री ल्याएको छ।
पछिल्लो चरणमा प्रदेश नम्बर ५ मा कोरोना संक्रमित वृद्धि हुन थालेपछि कोरोना जाँचलाई फराकिलो बनाउन गाउँपालिकाले थप स्वास्थ्य सामग्री ल्याएको गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिए।
'बीस थान पिपिइ, १० थान थर्मल गन, दश हजार थान सर्जिकल मास्क, दुई सय थान एन नाइन्टी फाइभ मास्क र ६० वटा सेनिटाइजर ल्याइएको हो' उनले भने।
यसैगरी गाउँपालिकालाई रुकुम (पश्चिम) का प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले थप तीन थान पिपिई उपलब्ध गराएका छन्। प्रदेश नम्बर ५ मा देखिएको कोरोना जोखिमलाई ध्यानमा राख्दै उनले गाउँपालिकालाई व्यक्तिगन सुरक्षा उपकरण सहयोग गरेका हुन्।