फूलमाला लगाएर बिदा भएका दुई संक्रमित पुन: अस्पताल फर्किए

निको भएर फर्किएका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को पुनः संक्रमण देखिएको छ । रौतहटका युवक र भारतीय तीन जमाती नारायणी अस्पतालबाट वैशाख १४ गते डिस्चार्ज भएका दुई जना पुनःअस्पताल फर्किएका हुन् ।

फेरि अस्पताल आउनेमा रौतहटका एक युवक र वीरगञ्जको छपकैयास्थित मस्जिदका जमातीमा रहेका छन्। उनीहरुमा पुुुनः संक्रमणको लक्षण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा विकास देवकोटाले बताए।

छपकैयास्थित मस्जिदमा बस्दै आएका जमातीमा ३० चैतमा र भारतबाट आएका रौतहटका युवकमा १ वैशाखमा संक्रमण पुष्टि भएको थियो ।

भारतीय जमातिहरु नारायणी अस्पतालको आइसोलेशनमा भर्ना भएको १५ दिन पछि निको भएरु डिस्चार्ज भएको र रौतहटका युवक १२ औं दिनमा निको भई घर गएका थिए। 

संक्रमितलाई फुलमाला लगाएर विदाई 

नारायणी अस्पताल वीरगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा‍. मदन उपाध्यायसहित अस्पतालका कोरोना संक्रमणको उपचार गर्न खटिएका चिकित्सक निरज सिंह, उद्धय नारायण सिंह लगायतको स्वास्थ्यकर्मीको टोलीले फुलमाला लगाएर विदाई गरेका थिए।

विदाई हुनेमा रौतहटका १९ वर्षीय युवक र ३ जना भारतीय नागरिक रहेका थिए। रौतहटका युवक बैशाख २ गतेदेखि नारायणी अस्पतालको आइसोलेशनमा उपचारत थिए भने भारतीय तिन नागरिक मुस्लिम धर्मका जमातिहरु चैत्र २९ गते संक्रमित भएको पुष्टि भएपछि अस्पतालमा भर्ना भएका थिए।

रौतहटका युवकलाई अभिभावकको जिम्मा लगाइएको थियो भने भारतीय नागरिकहरुलाई मुस्लिम आयोगका प्रतिनिधिको जिम्मा लगाइएको मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले बताए। 
 

 वीरगञ्जका केही समाचारहरु—

१) वीरगञ्जमा उपचाररत ४ कोराेना संक्रमित आज डिस्चार्ज हुँदै

२) ३५ काेराेना संक्रमित उपचाररत, वीरगञ्जमा उपचार गराइरहेका चार जना घर फर्किए

३) काेराेना संक्रमितकाे संख्या ५१ पुग्याे, वीरगञ्जमा थप २ मा पुष्टि

४) थप दुई काेराेना संक्रमित नारायाणी अस्पतालमा भर्ना

५) वीरगञ्जमा लगातार ३ पटक आरडिटी टेष्ट पोजिटिभ देखिएकी युवतीको मृत्यु

६) वीरगञ्जमा मृत्यु भएकी युवतीको पीसीआर टेष्ट नेगेटिभ

७) कोरोनालाई जितेका चार संक्रमितलाई फुलमाला लगाएर विदाई गरियाे (फाेटाे/भिडियाे) 

 

प्रकाशित मिति: : 2020-05-05 21:29:11

प्रतिकृया दिनुहोस्