राप्रपा अध्यक्ष थापामार्फत् मकवानपुर पठाइयाे ज्वराे नाप्ने यन्त्र

राप्रपा अध्यक्ष कमल थापाले कोरोना भाईरस महामारीबाट बच्न धैर्यता,आत्मसंयम र अनुशासन आबश्यक रहेको बताएका छन् ।

थापाले पछिल्लो समयमा यस बिषयमा बिज्ञहरुको सुझाव सकारात्मक, उपयोगी र व्यवहारिक हुने भन्दै अब संक्रमित/प्रभावित क्षेत्रको वर्गिकरण गरेर जनजीवन र अर्थतन्त्रलाई क्रमशः सामान्य बनाउदै लैजानुपर्नेमा जोड दिएका छन् ।

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै राप्रपा गैरसरकारी संस्था समन्वय विभागले पार्टी अध्यक्ष कमल थापालाई मकवानपुर जिल्लाको लागि ज्वरो नाप्ने उपकरण (थर्मल गन) सहयोग गरेको छ।

विभाग प्रमुख कुन्ती पोखरेलले अध्यक्ष कमल थापालाई आज १० थान थर्मल गन हस्तान्तरण गरेकी हुन्।

थोरै भए पनि यसरी स्वास्थ सामाग्री मकवानपुर जिल्लाको लागि उपलब्ध गराउन पाउँदा खुशी लागेको विभाग प्रमुख पोखरेलले प्रतिक्रिया दिइन्। अध्यक्ष थापाले सामाग्रीहरु मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत् विपद् ब्यबस्थापन समिति कमाण्ड पोस्टमा हस्तान्तरण गर्न निर्देशन दिए ।

 सो अबसरमा राप्रपा जनजाति बिभागका नेता रामबहादुर थोकरले एक हजार मास्क समेत अध्यक्ष थापालाई हस्तान्तरण गरे । सहयोगको निमित्त अध्यक्ष थापाले विभागलाई धन्यवाद दिएका छन् ।

स्वास्थ सामाग्रीहरु तत्काल हेटौंडा पठाइने राप्रपा युवानेता राजाराम बर्तौलाले जानकारी दिए । गैरसरकारी संस्था महासंङ्ग र विभागले यस अघि पनि यस्ता सहयोगहरु निरन्तर गरिरहेको छ ।

प्रकाशित मिति: : 2020-05-05 17:23:18

प्रतिकृया दिनुहोस्