बिचौलिया नहुँदा किसानको उत्पादन बिक्री भएन: मन्त्री भट्ट

बिएल संवाददाता

काठमाडाै‌ं

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले अहिले बिचौलियाहरु किसानको बारीमा नपुगेकाले किसानलाई केही समस्या परेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको भिडिओ कन्फ्रेन्समा मन्त्री भट्टले  लकडाउनले गर्दा बिचौलिया नपुग्दा किसानका उत्पादन बिक्री–वितरणमा केही समस्या भएको तर बिचौलियाविनाको व्यापार पनि राम्रो भएको बताए।

मन्त्री भट्टले किसानका उत्पादन बजारसम्म ल्याउन सहकारी र पालिकाहरुले समन्वय गरिरहेको र ढुवानी खर्चको २५ प्रतिशत अनुदान दिने व्यवस्था मिलाएकाले किसानले पालिकाहरुमा सम्पर्क गर्न सक्ने पनि बताए।

सरकारी कम्पनीले किसानको खेतबारीमै गएर गहुँ, दलहन, तेलहनलगायतका खाद्यान्न खरिद गरिरहेको पनि मन्त्री भट्टको दाबी छ। 

सरकारले सकभर स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीतिका साथ काम गरिरहेको तर भारत या अन्य देशबाट आउने तरकारी या खाद्यान्न रोक्न भने नमिल्ने उनले बताए। 
 

प्रकाशित मिति: : 2020-05-05 12:49:57

प्रतिकृया दिनुहोस्