नयाँ पीसीआर मेसिनको पहिलो नतिजा,  ८ जनाको रिपोर्ट नेगेटिभ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर मेसिनबाट पहिलो पटक परीक्षण भएका ८ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। जुम्लामा पीसीआर मेसिन पुगेको एक सातापछि सोमबारबाट स्वाब परीक्षणको काम सुरु भएको थियो।

पहिलो पटक मुगुको खत्याडमा खटिएका ७ जना स्वास्थ्यकर्मी र एक जना तातोपानी गाउँपालिकाका स्थानीयको स्वाब परीक्षण गरिएको हो। सबैको रिर्पोट नेगेटिभ आएको कर्णाली अस्पतालका निर्देशक मंगल रावलले जानकारी दिए। 

मुगुको खत्याडमा एक जनाको र्‍यापिड टेस्ट गर्दा कोरोना पोजेटिभ देखिएपछि प्रतिष्ठानले चिकित्सकको टोली खटाइएको थियो।स्वास्थ्यकर्मीसँगै ४५ दिन अघि भारतबाट आएका तातोपानीका स्थानीयका पनि रिर्पोट परीक्षण गरिएको थियो।  

‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आरटी पीसीआर बाट परीक्षण गरिएका पहिलो ८ जनाको रिजल्ट नेगेटिभ आयो,’ उनले भने, ‘आशा गरौँ यसरी नै सधैँ हाम्रो प्रदेशमा कोभिड १९ नेगेटभ नै रहोस्।’

जुम्लामै पीसीआर मेसिनबाट स्वाब परीक्षण सुुरु भएपछि यहाँ कोराना परिक्षण गर्न सहज हुने भएको हो। प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्ले निकै ठुलो चुनौति र अभावकाबीच पीसीआर मेसिन सञ्चालनमा आएको बताउँछन्। पहिलोे पटक दुइ सय किट पुगेपछि परीक्षणको काम सुरु भएको थियो। 

प्रतिष्ठानले आउदो शनिबारसम्म एक हजार किट मगाइएको र किट उपलब्ध हुने बित्तिकै भारत, खाडीमुलुकबाट भित्रिएका जुम्ला, मुगु र कालिकोटबाट पनि स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी रहेको जनाएको छ।   

कर्णाली प्रदेश सरकारले सावकको कर्णालीका पाँच जिल्ला प्रतिष्ठानको कार्यक्षेत्र तोकेको छ। प्रतिष्ठानका रजिष्टार विश्वाराज काफ्लेका अनुसार मङ्गलबारदेखि नेपालगन्ज र भारतबाट भित्रिएकाहरुको स्वाब परीक्षण गरिने भएको छ। नयाँ जडित मेसिनले एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिन्छ

प्रकाशित मिति: : 2020-05-05 12:07:41

प्रतिकृया दिनुहोस्