अमेरिकाले आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ३० खर्ब बराबरको बजेट ऋणमा लिने

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकाले यो आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ३० खर्ब डलर बराबरको बजेट ऋणमा लिने तयारी गरेको बताएको छ।

कोरोना भाइरसको महामारीका कारण प्रभावित भएका व्यक्ति तथा व्यवसाय र स्वास्थ्य सेवालाई सहयोग गर्नका लागि ३० खर्बको राहत प्याकेज पारित गरेको थियो।

सो राहत प्याकेज अमेरिकाको कुल बजेटको झण्डै १४ प्रतिशत हो। राहत प्याकेजमा बजेट खर्च भएकाले दोस्रो त्रैमासिकमा ३० खर्ब बजेट उधारोमा लिने तयारी भएको हो।

सरकारले पहिले आँकलन गरेको भन्दा प्रभाव बढी भएकाले दोस्रो त्रैमासिकमा ३० खर्ब उधारो लिनु पर्ने भएको हो। सरकारी ऋण पत्र बेचेर सो रहक उधारोमा लिने तयारी छ।

दोस्रो त्रैमासिकमा ३० खर्ब उधारो बजेट लिने भएसँगै अमेरिका सरकारको ऋण २५ ट्रिलियन डलर पुगेको छ। 

यो यसअघि कुनै पनि त्रैमासिकमा लिइएको ऋण भन्दा पाँच गुणा बढी हो। उधारो बजेटले सन् २००८ को आर्थिक मन्दीका बेलाको जस्तै उचाइ कामय गर्ने भएको छ। सन् २०१९ को आर्थिक वर्षमा अमेरिकाले १२ खर्ब ८० अर्ब उधारो लिएको थियो।

 

प्रकाशित मिति: : 2020-05-05 06:50:19

प्रतिकृया दिनुहोस्