एजेन्डाको खोजीमा नेकपा : ‘एक पद एक जिम्मेवारी’ बारे कस्तो आउला प्रचण्डको प्रस्ताव ?

रातोपाटी

काठमाडौँ

फणिन्द्र नेपाल

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा एक पद एक जिम्मेवारीको प्रसङ्ग चलेको लामै समय भयो । तर एक पद एक जिम्मेवारीको परिभाषा प्रस्ट छैन । त्यसले गर्दा यसबारे नेताहरुले आफूअनुकूल व्याख्या र विश्लेषण गर्दै आएका छन् । खासगरी पार्टी एकतापछि नेताहरुको जिम्मेवारी बाँडफाँट गर्ने क्रममा नेता माधवकुमार नेपालले एक पद एक जिम्मेवारीको कुरा उठाएका थिए । तर नेता नेपालको यो आवाज ओझेलमा मात्रै परेन त्यसविपरीत कतिपय नेताहरुले पार्टी र सरकार दुवैको जिम्मेवारी धमाधम पाउँदै गए भने कतिपय अझै जिम्मेवारीविहीन अवस्थामा बसिरहेका छन् ।

त्यसमा पनि ओली निकटका नेताहरुले दोहोरो जिम्मेवारी पाएपछि नेकपाको नेपाल समूह रुष्ट छ । नेपाल समूहको यो मागप्रति सुरुमा कार्यकारी अध्यक्ष प्रचण्ड, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ पनि सहमत थिए । तर अचनाक यो समीकरणमा परिवर्तन आयो । जसले गर्दा सचिवालयमा अल्पमतमा रहेका ओली शनिबारको बैठकपछि एकाएक बहुमतमा पुगे । सचिवालयमा आएको समीकरण बदलीबाट प्रधानमन्त्री ओलीको राजीनामाको माग पनि तत्काललाई उल्टियो । 

प्रकाशित मिति: : 2020-05-04 16:05:20

प्रतिकृया दिनुहोस्