ओली भेट्न प्रचण्ड बालुवाटारमा

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

शनिबारको सचिवालय बैठकपछि दाहाल पहिलोपटक ओलीलाई भेट्न आज बालुवाटार पुगेका हुन्। उनीहरुबीच अहिले भेटवार्ता जारी छ।

दाहालसँग हिजोमात्रै बरिष्ठ नेता माधव कुमार नेपालले भेटेका थिए। सचिवालय बैठक पूनः बैशाख २४ गते साँझ बस्ने निधो भएको छ। शनिबारको सचिवालय बैठकले यही वैशाख २५ गते बिहान ११ बजे स्थायी कमिटीको बैठक समेत राखिएको छ।

प्रकाशित मिति: : 2020-05-04 14:04:03

प्रतिकृया दिनुहोस्