हामी साथीभाईमाझ, सभा–समारोहमा नारी अधिकार एवं लिंगभेद विरुद्ध ठूल–ठूला कुरा गर्छौं । तर, आफ्नै घरमा हुर्किरहेका छोरोलाई जुठो भाँडा उठाउने, माझ्ने, कुचो लगाउने, लुगा धुने काम सिकाउँछौं ?
चाहे घरायसी कामकाजमा होस् वा खेलौनाको छनौटमै, हामीले सानैदेखि बच्चालाई विभेद गर्न सिकाउँछौं । छोरीले खेल्ने गुडिया छोरोले खेल्न हुँदैन, छोरीले मन पराउने गुलाबी रंग छोरोलाई उपयुक्त हुँदैन, छोरीले जस्तै भाँडाकुटी खेलेको छोरोलाई सुहाउँदैन ।