आठ जना नेपाली मुस्लिम केन्द्र सरकारकाे आदेशमा भारतीय जेलमा

पर्यटकीय भिषामा भारतमा धर्म प्रचार गरिरहेका ८ नेपाली मुस्लिम नागरिकलाई भारत सरकारले जेलमा राखेको भारतीय अखबारले दावी गरेका छन्। 

यसमा एक श्रीलंकाली नागरिक पनि रहेको बताइएको छ। भारतमा धर्म प्रचारमा जुडेका तब्लिगी जमातीका थुप्रै कार्यकतालाई काेराेना भाइरसकाे संक्रमण फैलाउन सक्रिय भएकाे भन्दै भारत सरकारले केही समयअगाडी नै समातेकाे थियाे। पञ्जाव राज्यकाे हरियाण शहरमा पर्ने अम्बाला जिल्लामा केही नेपाली जमाती पनि समातिएका थिए। उनीहरुलाई क्वारेन्टाइनमा राखिएकाे थियाे। 

१४ दिन क्वारेन्टाइनकाे समय शुक्रबार समाप्त भएपछि उनीहरुलाई स्थानीय अदालतमा उपस्थित गराइएकाे र अदालतले १४ दिन जेलमा राख्न आदेश दिएकाे बताइएकाे छ।

भारतीय प्रहरीले उनीहरू धर्म प्रचारका लागि भारत प्रवेश गरेको बताएका छन्। केन्द्र सरकारको आदेशपछि उनीहरूविरूद्ध मुद्धा दर्ता भएको हो। महेशनगर थानाका प्रमुख रजनीश यादवका अनुसार उनीहरू अम्बालामा कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला भिन्न–भिन्न मस्जिदबाट पक्राउ परेका हुन्। 

अम्बालामा समातिएको जमातीमा ५ जनामा कोरोना सकारात्मक देखिएको थियो। जसमा ६६ र ५५ वर्षका दुई नेपाली जमाती पनि रहेकाे भारतीय अखबार टाइम्स अफ इन्डियाले बताएकाे थियाे।  

यसपछि सबैलाई क्वारेन्टाइनमा राखिएको थियो। क्वारेन्टनाइनको समय समाप्त भएपछि उनीहरूलाई अदालतमा उपस्थित गराएको थियो भने अदालतले १४ दिनका लागि उनीहरूलाई जेलमा राख्ने आदेश दिएको हो। 

प्रकाशित मिति: : 2020-05-03 11:10:34

प्रतिकृया दिनुहोस्