भारतीय लोकपालका न्यायिक सदस्य अजय कुमार त्रिपाठीको कोरोना भइरसकाे संक्रमणबाट मृत्यु भएको छ।
६२ वर्षीय त्रिपाठीकाे स्थानीय समयअनुसार शनिबार राति पौने ९ बजेतिर निधन भएकाे हाे।
अप्रिल दुई तारिखमा स्वास्थ्यमा समस्या आएपछि त्रिपाठीलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।
उनको स्वास्थ्य विगत तीन दिनदेखि गम्भीर थियो। उनलाई भेन्टिलेटरमा राखिएको थियो।
उनकी छोरी र भान्सेलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो, तर उपचारपछि उनीहरु निको भएका छन्।
उनी छत्तीसगढ उच्च अदालतको पूर्वमुख्य न्यायाधीशसमेत हुन्। सन् २०१९ को मार्च महिनामा उनलाई कानुन मन्त्रालयले २७ मार्चमा लोकपाल सदस्यमा नियुक्त गरेको थियो।
त्यसपछि उनले छत्तीसगढ उच्च अदालतको मुख्य न्यायाधीश पदबाट राजीनामा दिएका थिए।