न्युयोर्ककी ‘सुपरवुमन’, जसले ‘स्पेनिस फ्लु’ र क्यान्सरपछि कोरोनालाई जितिन्

अमेरिकामा १ सय १ वर्षकी एक हजुरआमाले ‘फ्लु’ र क्यान्सरपछि कोरोना भाइरसविरूद्धको लडाईं पनि जितेकी छिन्।

एन्जेलिना फ्राइडम्यान नाम गरेकी यी हजुरआमा थुप्रै पल्ट खतरनाक मानिएको रोगबाट थला परिन्। तर, सबै पल्ट रोगलाई हराएर उनी घर फर्किइन्। यसपालि अमेरिकामा कोरोना संक्रमणको यति विभत्स रूप देखिदा उनी फर्किएर आउने विषयमा धेरै आशंका थियो। तर, उनी कोरोनालाई मजाले जितेर घर फर्किइन्। 

सन् १९१८ मा उनलाई सर्वप्रथम ‘स्पेनिस फ्लु’ ले आक्रमण गरेको थियो। जसका कारण उनको गर्भ नै तुहियो। यस्तै, क्यान्सर हुँदा उनको शरीरको विभिन्न भागबाट ब्लिडिङ हुन्थ्यो। यसलाई पनि उनले परास्त गरिन्।

एन्जेलिनाको परिवार उनलाई ‘सुपरवुमन’ को उपनामले बोलाउने गर्छन। किनभने उनले विश्वमा सबैभन्दा खतरनाक मानिएको रोगलाई पटकपटक परास्त गरेर फर्किएकी छिन्, यो कुनै चमत्कारभन्दा कम छैन। 

एन्जेलिनाको छोरीका अनुसार उनको आमा र बुवा दुबैलाई एकैपल्ट क्यान्सर भएको थियो। तर, क्यान्सरविरूद्धको लडाईंमा आमाले युद्ध जितिन्, बुवाको भने निधन भयो। 

चिकित्सकहरूले कोरोनाको विषयमा एउटा तथ्य बाहिर ल्याएका थिए, त्यो के भने–६० वर्ष माथि लागेका बृद्धबृद्धामा कोरोना संक्रमणको असर खतरनाक हुन्छ। अझ पहिल्यैदेखि नै कुनै रोगबाट लडिरहेका बृद्धबृद्धाको हकमा बाच्ने सम्भावना नगन्य नै रहेको बताएका थिए। 

तर, १ सय १ वर्षको उमेरमा उच्च जोखिममा हुँदा पनि उनी ठिक भएर घर फर्किइन्। 

उनलाई १९१८ मा ‘स्पेनिस फ्लु’ हुँदा पनि उच्च जोखिममा थिइन। त्यति बेला विश्वभरि ५० करोड व्यक्ति ‘स्पेनिस फ्लु’ बाट संक्रमित थिए। अमेरिकामा मात्र ६ लाख ७५ हजारको निधन भएको थियो। ‘स्पेनिस फ्लु’ मा सबैभन्दा बढी २० देखि ४० वर्ष उमेरसमूहका स्वास्थ युवाहरूको निधन भएको थियो। मर्नेमा लाखौं व्यक्ति विश्व युद्धमा समावेश सैनिक पनि थिए। यस्तो अवस्थामा पनि उनी बाचेर घर फर्किएकी थिइन। 
 

प्रकाशित मिति: : 2020-05-03 14:59:00

प्रतिकृया दिनुहोस्