निःशुल्क भोजनको व्यवस्था

बिएल संवाददाता

काठमाडाै‌ं

कोभिड –१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि काठमाडौं महानगरपालिका वडा नं–१३ सोल्टीमोडका केही समाजसेवीले निःशुल्क भोजनको व्यवस्था गरेका छन् ।  

दैनिक आयस्रोत कम भइ जीविकोपार्जनमा समस्यामा परेका नागरिकलाई स्पार्क हेल्थ होम हस्पिटल परिसरमा लकडाउनको बाँकी अवधिभर खानाको व्यवस्था गरिएको छ । समाजसेवी देशकुमार श्रेष्ठ, किरणकृष्ण जोशी, रुपेश अधिकारी, इन्द्रबहादुर मानन्धर र रमण शाक्यले उक्त भोजनको प्रबन्ध गरेका हुन्। 

सामाजिक दूरी कायम कायम गरी व्यवस्थापन भएको पूर्ववडाध्यक्ष रामशरण डङ्गोलले जानकारी दिए। 

काठमाडौं महानगरपालिका–१३ ले तीन हजार १०० लाई अहिलेसम्म राहत वितरण गरेको छ । वडाले गत चैत २२ गतेदेखि राहत वितरण शुरु गरेकामा आजसम्म सातपटक खाद्यवस्तु प्रदान गरेको हो ।  वडा कार्यालयले चामल, चिउरा, दाल, नुन र तेल वितरण गरेको छ । 

सम्बन्धित घरधनीको घर नम्बर, नागरिकता नम्बर, सम्पर्क नम्बर, सिफारिसका साथै राहत लिनेको नागरिकता नम्बर अभिलेख गरेर राहत दिने मापदण्ड बनाइएको छ । 
–––

प्रकाशित मिति: : 2020-05-02 14:56:29

प्रतिकृया दिनुहोस्