डिशहोमले टेलिभिजनबाटै विद्यार्थीलाई अध्ययन गराउने

बिएल संवाददाता

काठमाडाै‌ं

डिशहोमले लकडाउनमा बसेका विद्यार्थीहरुका लागि घरमै क्लास कार्यक्रम सुरु गरेको छ । डिशहोम र डियरवाक लर्निङ सेन्टरको सहकार्यमा यहि बैशाख २० गतेबाट कक्षा ४ देखी कक्षा १० सम्मको अंग्रेजी, गणित, नेपाली र विज्ञान विषयका कक्षाहरु आफ्नो च्यानलहरुमा प्रशारण गर्दैछ । 

डिशहोमको च्यानल नं. ११४ मा कक्षा १०को, च्यानल नं.११५ मा कक्षा ९, ८ र ७को र च्यानल नं.११६ मा कक्षा ६, ५ र ४ को पाठ्यक्रमहरु विहान ८ बजेदेखी बेलुकी ८ बजेसम्म प्रशारण हुनेछ ।

यसका साथै विगत ६ महिनाभन्दाबढी समयदेखि विभिन्न कारणबस रिचार्ज नगरेका पुराना ग्राहकहरुकालागि डिशहोमले बैशाख २१ गतेदेखि लागु हुनेगरी ३० दिन सम्मकालागि सम्पुर्ण २०८ च्यानलहरु निःशुल्क उपलब्ध गराउने भएको छ । यस सुविधाले लकडाउनको अवधिमाग्राहकहरुको आफ्नो परिवारसंगको बसाईलाई रमाईलो बनाउनअझ बढी सहयोग गर्नेछ  डिशहोमले जनाएको छ।

डिसहोमले नेपालका टिभी सेवा प्रदायक मध्य सबैभन्दा बढी प्रयोगकर्ता रहेको नेटवर्क हो। भू–उपग्रह (स्याटलाइट)को मध्यमयबाट ७७ जिल्ला, ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वटा वडामा सिग्नलको पहुँच र ग्राहकहरू रहेका छन् । 

प्रकाशित मिति: : 2020-05-02 12:23:17

प्रतिकृया दिनुहोस्