भारतमा लकडाउनको अवधि अरू दुई हप्ता थप

कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै भारतमा जारी लकडाउन थप दुई  साताको लागि बढाइएको छ।

भारतको गृह मन्त्रालयले त्यसरी देशैभर मानिसहरूको जमघट र ओहोरदोहोरलाई बन्देज लगाउने लकडाउनको अवस्थाको अवधि बढाउने घोषणा गरेको हो। अब भारतमा आउँदो मे १७ तारिखसम्म लकडाउन जारी रहनेछ।

भारतले कोरोनाभाइरस फैलन नदिन गत मार्च २४ मा देशव्यापी लकडाउन सुरु गरेको थियो। भारतमा हालसम्म ३५ हजारभन्दा बढीमा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको छ।

कोभिड १९ का कारण त्यहाँ ११ सय भन्दा बढीले ज्यान गुमाएका छन्।

प्रकाशित मिति: : 2020-05-01 19:47:31

प्रतिकृया दिनुहोस्