लकडाउन कहर: सुत्केरी हुन लागेकी श्रीमती स्याहार्न हिँडेका सुरज हिउँमै अड्किए १० रात

सेतोपाटी

काठमाडौँ

युनिक श्रेष्ठ

वैशाख ६ गते लकडाउन भएको २६ दिन बितिसकेको थियो। रसुवागढी  हाइड्रोपावरमा काम गर्ने ३३ वर्षका सुरज तामाङको मनमा बेचैनी थियो।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४ मा उनकी श्रीमती दुई जिउकी थिइन्। उनी सुत्केरी हुने दिन नजिकिँदै थियो तर लकडाउन खुल्ने कुनै छाँटकाँट थिएन।

श्रीमती सुत्केरी भएपछि स्याहार्नुपर्छ भन्ने ठानेर  सुरजले हिँड्दै घर जाने योजना बनाए। हिमालको काखैकाख कस्सेर हिँडे उनी ४ दिनमा घर पुग्थे। घरमा फोन गरेर उनले आफू हिँड्दै आउन लागेको सुनाए।

उनी हिँडन आँटेको बाटो बाह्रैमास चल्ने खालको थिएन। हिउँ पर्दा पुरिइहाल्थ्यो।

प्रकाशित मिति: : 2020-05-01 15:30:32

प्रतिकृया दिनुहोस्