प्रधानमन्त्रीको ‘वामदेव’ कार्ड : अन्त्य होला त धोकाको शृङ्खला ?

रातोपाटी

काठमाडौँ

 सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा निकै हक्की र निडर स्वभावका नेतामध्येमा पर्छन् वामदेव गौतम । गौतमका समकक्षी नेताहरु माधव नेपाल, केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र झलनाथ खनाल प्रधानमन्त्री भइसकेका छन् । पछिल्लो समय नेकपामा बढेको विवादसँगै गौतम एकाएक प्रधानमन्त्री बन्ने प्रस्ताव आएपछि उनीबारे चर्चापरिचर्चा भइरहेको छ । यद्यपि यसबारे ठोस निर्णय भइसकेको छैन । सम्भवतः गौतम बारेको निर्णय वैशाख २० गते बस्ने नेकपाको सचिवालय बैठकले गर्नेछ ।

२० गतेअघि त्यसका लागि नेकपाका शीर्ष नेताहरु सहमति जुटाउन गृहकार्यमा जुट्ने निर्णय वैशाख १७ कै बैठकले गरिसकेको छ । अध्यादेश प्रकरणपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीभित्रैबाट राजीनामा मागिएका बेला बुधबार बसेको नेकपा सचिवालय बैठकमा उनै प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिएर गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि नेपाली राजनीतिमा गौतम प्रकरणले नयाँ तरङ्ग छाएको छ ।

प्रकाशित मिति: : 2020-05-01 15:25:58

प्रतिकृया दिनुहोस्