चिनियाँ राजदूत होउ याङ्छीद्वारा नेकपा नेताहरूसँग छुट्टाछुट्टै भेट

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूसँग भेट गरेकी छन्।

याङ्छीले शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेटवार्ता गरिन्।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि चीनले गरेको सहयोगका लागि धन्यवाद दिँदै थप सहयोगका लागि आग्रह गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

प्रचण्डलाई भेटे लगत्तै यान्छी नेकपा वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेकी थिइन्।

नेकपा विदेश मामिला विभाग प्रमुखसमेत रहेका  पूर्वप्रधानमन्त्री नेपाल र याङ्छीबीच दुई देशबीचको घनिष्ठ सम्बन्धका विविधि पक्षमा छलफल भएको विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
 

प्रकाशित मिति: : 2020-05-01 13:26:56

प्रतिकृया दिनुहोस्