ताम्राकार हाउसले दियो पत्रकारलाई मास्क र सेनिटाइजर

ताम्राकार मोबाइल हाउस र भर्जिन मोबाइल ग्यालेरीको सहयोगमा पत्रकारलाई सुरक्षा सामग्री वितरण गरिएको छ । खटिने पत्रकार र फोटो पत्रकारलाई मास्क स्षनिटाइजर लगायतका सुरक्षा सामग्री वितरण गरिएकाे हाे ।

‘पहिलो पंक्तिमा रहेर काम गर्ने पत्रकारहरूलाई बढि सुरक्षा सावधानी अपनाउनु पर्ने भएकाले मास्क लगाएतका सुरक्षा सामार्गी उपलब्ध गराएका हौं,’ भर्जिन मोबाइलका प्रोपाइटर विवेक शर्माले भने।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सबैले आफ्नो क्षेत्रबाट लाग्नु पर्ने भएकाले पत्रकार पनि बढि जोखिम हुने भएकाले यसले सुरक्षाका लागि सहयोग पुग्ने शर्माको भनाइ छ ।

शर्माले काठमाडौं उपत्यकामा रहेका गरिब विपन्न र मजदुरलाई १५ दिनलाई पुग्ने राहत समेत उपलब्ध गराउँदै आएका छन् ।

प्रकाशित मिति: : 2020-05-01 10:28:05

प्रतिकृया दिनुहोस्