विश्वका २ सय १२ देशमा कोरोना भाइरस संक्रमणबाट दुई लाख ३३ हजारभन्दा धेरैको ज्यान गएको छ।
यस्तै १२ देशमा १० लाख ३९ हजारभन्दा धेरै निको भएका छन्।३३ लाख चार हजार जनाभन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा १० लाख ३९ सय ५५ जना निको भएको वल्डोमिटरले जनाएको छ।
संक्रमितमध्ये २० लाख ३१ हजारभन्दा धेरैको उपचार भइरहेको छ। उपचार गराइरहेका मध्ये ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ।
गएको २४ घण्टामा मात्रै विभिन्न देशमा गरि साढे ५ हजार भन्दा धरैको ज्यान गएको छ।
अमेरिकामा मात्रै २२ सयभन्दा धेरैको ज्यान गएको छ भने साढे ३० हजारभन्दा धेरै नयाँ संक्रमित भेटिएका छन्।
त्यहाँ ज्यान गुमाउनेको संख्या साढे ६३ हजार नाघेको छ। यस्तै १० लाख ९५ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।
यस्तै इटलीमा साढे २७ हजारभन्दा धेरै, बेलायतमा साढे २६ हजारभन्दा धेरै, स्पेनमा साढे २४ हजारभन्दा धेरै र फ्रान्समा २४ हजारभन्दा धेरैको ज्यान गएको छ।
भारतमा संक्रमितको संख्या साढे ३४ हजार नाघेको छ। बिहीबार १८ सयभन्दा धेरै नयाँ संक्रमित थपिएर संक्रमितको संख्या ३४ हजार ८ सय नाघेको हो।
यस्तै साढे ११ सयभन्दा धेरैको कोरोना संक्रमणका कारण ज्यान गएको भारतमा ९ हजार ६८ जना भने निको भएका छन्।