रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आफूलाई कोरोना संक्रमण भएको बारेमा प्रधानमन्त्री मिशुस्तिनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराएका छन् । उनलाई भाइरसको संक्रमण देखिएपछि अहिले अस्पाताल भर्ना गरिएको छ ।
गएको जनवरी महिनामा प्रधानमन्त्रीको पदभार सम्हालेका मिशुस्तिन कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सक्रिय भएर लागेका थिए ।
रुसमा ७ हजार आठ जनामा कोरोना पुष्टि भएको दिन प्रधानमन्त्रीको रिपोर्ट पनि पोजेटिभ आएको हो ।
रुसमा कोरोना संक्रमितको संख्या एक लाख पुगेको छ भने एक हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।