मेडिकल सामग्री ल्याउन हिमालय एयरलाइन्सको जहाज चीनको चाङशा उडेको छ।
नेपाल नागरिक उडड्यन प्राधिकरणबाट सबै प्रक्रिया पुरा गरेर जहाज चीन गएको एयरलाइन्सले जनाएको छ।
बिहीबार पौने ६ बजे चाङशाको लागि उडेको जहाज राति १२ बजेर ५ मिनेटमा चाङ्शामा रहेको हुवान घुवा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ।
विमानले शुक्रबार बिहान ४ बजे माचाङ्शाबाट मेडिकल आपूर्तिसहित उडान भरेर बिहान ६ बजेर ४० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ।
जहाज नेपालको निजी क्षेत्रले चार्टड गरेको हो। अघिल्लो आइतबार मात्रै चीनको ग्वान्झाउबाट मेडिकल सामग्री लिएर आएको हिमालयन एअरलाइन्ले एक हप्तामै चीनको लागि दोस्रो उडान गरेको हो
हिमालय एयरलाइन्स हाल चीनमा उडान गर्ने पनि एक मात्र नेपाली एयरलाइन्स हो।