रोल्पामा बम विस्फोट, बाख्रा गोठालो गएका चार बालबालिकाको मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

रोल्पामा बम विष्फोट हुँदा चार बालबालिकाको मृत्यु भएको छ। 

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा बुधबार बेलुका बालबालिकाले नचिनेर पुरानो बम खेलाउने क्रममा विष्फोट भएकाे जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले बताए।

मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका- ७ का १४ वर्षीय लाेकिराम डागी, ११ वर्षीया बिमला डागी,५ वर्षीय विजय खत्री र साेही गाउँपालिका- ४ का १३ वर्षीय गाैरव नेपाली रहेका छन्।

बाख्रा चराएर जंगलबाट घर फर्कने क्रममा बम विस्फोट भएको अनुमान गरिएको छ। घटनास्थलमा ग्रिनेट बम रहेको अनुमान गरिएको प्रहरीले जनाएको छ।

शव क्षतविक्षत अवस्थामा रहेको र शव नजिकै बम रहेकाले सेनाको डिस्पोजल टोलीले निष्क्रिय गरेपछि मात्रै शव उठाइने प्रहरीले जनाएको छ । नेपाली सेनाको डिस्पोजल टोली शुक्रबार घटनास्थल जाने छ।

युद्धकै समयमा छाडिएको बेवारिसे बम विस्फोट भएको आशंका गरिएको छ। विस्तृत विवरण आउन बाँकी रहेको छ।

प्रकाशित मिति: : 2020-04-30 20:22:29

प्रतिकृया दिनुहोस्