स्तनपानबाट कोरोना सरेको छैन : स्वास्थ्य मन्त्रालय

बिएल संवाददाता

काठमाडाै‌ं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्मको अध्ययनले आमाले शिशुलाई स्तनपान गराउँदा कोरोना भाइरसको संक्रमण नदेखिएकाे दाबी गरेकाे छ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले स्तनपान गराउँदा कोरोनाको संक्रमण नदेखिएकाले शंका नगरिकन स्तनपान गराउन आग्रह गरे।

सुर्खेतको पञ्चपुरी नगरपालिकाले क्वारेन्टाइनमा रहेकी कमला नेपालीले सोमबार राति छोराे जन्मएकी थिइन्। अहिले आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य छ।

बालबालिकालाई स्तनपाउन महत्वपूर्ण भएकाले कोराेना भाइरस देखिएका र क्‍वारेन्टाइमा रहेका महिलाहरुले शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउनु आवश्यक भएको बताए। 

उनले लक्षण देखिएका र क्‍वारेन्टाइनमा बसिरहेका आमाले स्तनपाउन गराउँदा वा बालबालिकासँग सम्पर्कमा आउँदा मास्क लगाउने, हात धुने र केही समस्या परे स्थानीय स्वास्थ्य संस्था साथै मन्त्रालयको कल सेन्टरबाट जानकारी लिन आग्रह गरे।

प्रकाशित मिति: : 2020-04-30 18:53:28

प्रतिकृया दिनुहोस्