धरौटीमा रिहा भए लगतै व्यवसायी सुलभ अग्रवाल पुन: पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

धरौटीमा रिहा भएका व्यवसायी सुलभ अग्रवाल पुन: पक्राउ परेका छन् । कालोबजारीसम्बन्धी मुद्धामा जिल्ला अदालत काठमाडौंका न्यायधिश ब्रजेश प्याकुरेलले बुधबार अग्रवाललाई २५ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियाे। 

तर धरौटी बुझाएर रिहा हुनेवित्तिकै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको छ।

उनीमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए।

अग्रवाललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाइने उनले बताए।

प्रकाशित मिति: : 2020-04-30 16:38:53

प्रतिकृया दिनुहोस्