सुर्खेतको पञ्चपुरी नगरपालिकाले क्वारेन्टाइनमा रहेकी एक महिलाले छोरा जन्माएकी छिन्।
पञ्चपुरीको विद्यापुर क्याम्पसमा सञ्चालन गरिएको क्वारेन्टाइनमा रहेकी कमला नेपालीले सोमबार राति छोरो जन्मएकी हुन्।
उनलाई क्यारेन्टाइनमा सुत्केरी व्यथा लागेपछि स्वास्थ्य चौकी लिइएको पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले जानकारी दिए।
उनका अनुसार कमला र उनका श्रीमान आइतबार चितवनबाट वीरेन्द्रनगर आएका थिए।
‘अहिले आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भने, ‘कमलालाई अब होम क्वारेन्टाइमा राखिने छ।’
पञ्चपुरी नगरपालिका–६ छाप्रेकी कमला श्रीमानसँगै चितवनमा रहेर ठेलामा मःमः व्यापार गर्छिन्।