जिल्ला सरकारी वकिलको कार्यालयद्वारा सांसद यादव ‘अपहरण’विरुद्धको जाहेरी दर्ता गर्न अस्वीकार

बिएल संवाददाता

काठमाडाै‌ं

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले समाजवादी पार्टीका सांसद ‘अपहरण’विरुद्धको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ) तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरण मुद्धाको जाहेरी दर्ता गर्न डा. सुरेन्द्र यादव पार्टीका नेताहरुलाई लिएर बबरमहलस्थित कार्यालय पुगेका थिए।

सरकारी वकिलको कार्यालयले यो प्रकरणबारे थप कानुनी परामर्शपछि मुद्दा दर्ता गर्ने वा नगर्ने भन्नेबारे निर्णय लिने बताएको अधिवक्ता वीरेन्द्र यादवले जानकारी दिए ।

बस्नेत, श्रेष्ठ र खनालले तत्कालीन समाजवादी पार्टीका सांसद डा. यादवलाई १० वैशाखमा महोत्तरीबाट काठमाडौं ल्याएका थिए ।

यसअघि यादवले आफूलाई जबर्जस्ती काठमाडौं ल्याएको भन्दै महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिन खोजेको थिए तर प्रहरीले आफ्नाे क्षेत्रअधिकार भित्र नपर्ने भन्दै फर्काएकाे थियाे।

याे पनि

१) आईजीपी खनाल, सांसदद्वय बस्नेत र श्रेष्ठविरुद्ध जाहेरी दिन सरकारी वकिलको कार्यालय पुगे जसपाका नेताहरु

२) आईजीपी खनाल, सांसद्वय बस्नेत र श्रेष्ठविरुद्ध अपहरणको उजुरी दिन पूर्वप्रधानमन्त्री भट्टराईसहित समाजवादी नेताहरू टेकुमा

३) आईजीपी खनाल, सांसद्वय बस्नेत र श्रेष्ठविरुद्ध अपहरणको उजुरी दर्ता भएन

प्रकाशित मिति: : 2020-04-28 16:23:12

प्रतिकृया दिनुहोस्