राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सीबीच टेलिफोन संवाद

राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिनपिङबीच टेलिफोन वार्ता भएको छ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षीबीच सोमबार साँझ टेलिफोन कुराकानी भएको हो।

वार्तामा राष्ट्रपति सीले कोभिड-१९ विरुद्धको लडाईमा दृढतापूर्वक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। वार्तामा सीले दुई मुलुकहरूका स्वास्थ्य संस्थाहरुबीचको सम्पर्क र साझेदारी बलियो बनाउनेबारे जोड दिएको जनाइएको छ। 

नेपालमा कोरोना संक्रमणका कारण जारी लकडाउन र सत्तारुढ दलभित्रको आन्तरिक किचलो चलिरहेका बेला राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षीसँग टेलिफोन संवाद गरेकी हुन् । 

सन् २०१९ को डिसेम्बरको अन्तिमबाट चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणमा चीनले उपलब्धीमुलक सफलता हात पारेको छ। वुहानमा कोरोना संक्रमित शून्य रहेको चीनले जनाइसकेको छ। 

यता नेपालमा पनि अहिलेसम्म ५२ जनामा संक्रमण देखा परेको छ। जसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन्।

प्रकाशित मिति: : 2020-04-28 00:24:17

प्रतिकृया दिनुहोस्