एक महिनादेखि सीमामा अलपत्र नेपाली अझै स्वदेश फर्कन पाएनन्

हिमाल जोशी

धनगढी- सुदूरपश्चिम प्रदेशका विभिन्‍न जिल्लामा गरी दुई हजारभन्दा बढी नेपालीहरु एक महिनादेखि सीमा क्षेत्रमा अलपत्र छन्। सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लामध्ये पाँच वटा जिल्ला भारतसंँग सीमा जोडिएका छन्।

कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलासँग जोडिएका सीमा क्षेत्रमा २ हजार ३८ नेपालीहरु अलपत्र अवस्थामा रहेका छन्।

दार्चुला जिल्लाको पारिपट्टि भारतीय क्षेत्रका चार वटा स्थानमा आठ सय ३० जना नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुवँरले सीमा क्षेत्रको बालुवाकोट, धार्चुला लगायतका चार स्थानमा आठ सय ३० नेपालीहरुलाई क्वारेन्टिनमा राखिएको बताए।

उनले त्यहाँ भएका सबै नेपालीहरुको स्वास्थ्य अवस्थामा सामान्य रहेको बताए। उनले भने – ‘आज सीमामा रहेका नेपाली र भारतीयहरुलाई आ–आफनो जिल्ला पठाउने तयारी भएको थियो तर, दुई देशबिचको सहमतिले गर्दा अझै अन्यौल भएको छ।’

प्रकाशित मिति: : 2020-04-27 19:35:39

प्रतिकृया दिनुहोस्