कम्युनिष्ट शासन कि वैधताको अवसान?

थाहा खबर

काठमाडौँ

विजय देवकोटा
फ्रान्सका युजे पोत्तरले सन् १८७१ मे मा पेरिस कम्युन ढलेपछि सोही वर्षको जुन महिनामा कम्युनिष्ट अन्तर्राष्ट्रियगान लेखे।

त्यसभित्रका दुई हरफ यस्ता छन्‌ : बाँध्‍ने छैन परम्पराको साङ्‌लोले, जाग ए श्रमिक हो नयाँ जगमा पृथ्वी उठ्नेछ, संसार हाम्रो हुनेछ...

यो गीत लेखिएको १४९ वर्ष गुज्रँदै गर्दा उनै युजेको जन्मदेश फ्रान्समा कम्युनिष्ट आन्दोलनको नामोनिशान लगभग मेटिएको छ। फ्रेन्च कम्युनिष्ट पार्टीले फेब्रुअरी २०१३ मै आफ्नो झण्डाबाट हँसिया-हथौडा उप्काइसकेको छ।

पेरिसभन्दा ५,८१३ किलोमिटर दूरीमा रहेको नेपालको सत्तामा चाहिँ यही गीतको शब्द र भाका घोकेर श्रमिक, मजदुर र गरीबहरूलाई युद्धको बलिबेदीमा होमेका कम्युनिष्ट नेताहरू आसिन छन्‌। 
 

प्रकाशित मिति: : 2020-04-27 19:19:39

प्रतिकृया दिनुहोस्