स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरसको शंका लागे परीक्षणमा आउन आह्वान गरेको छ।
मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलकाअनुसार फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणको आशंका लागे आरडीटी वा पीसीआर दुबै विधिबाट परीक्षण गर्ने व्यवस्था मिलाइनेछ।
अहिलेसम्म ५६ जनाको पहिचान गरिएको उनले बताए। साथै यदि उनीहरुको सम्पर्कमा आएर छुटेका केही छन् भने सम्पर्कमा आउन आग्रह गरेका छन्।
हालै मात्र केन्द्रीय कारागार अस्पतालमा कार्यरत दुई नर्सको आरडीटी टेष्ट पोजेटिभ आएको थियो। तर पीसीआर विधिबाट परिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ।
उनीहरुको कन्ट्याक ट्रेसिङ र परीक्षणको काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।