मोदीलाई मुख्यमन्त्रीहरुको सुझाव: मे ३ पछि पनि लकडाउन बढाउनुस्

बिएल संवाददाता

मुम्बई,हिन्दी ब्यूराे

प्रधानमन्त्री नरेन्द्र मोदीलाई मे ३ पछि पनि लकडाउन बढाउन मुख्मन्त्रीहरुले सल्लाह दिएका छन्। भारतमा लकडाउनको दोस्रो चरण मे ३ मा सकिँदैछ। यसअघि सोमबार विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्समार्फत गरिएकाे लकडाउनको स्थितिको समीक्षा उक्त सुझाव दिइएको हो।

भिडियो कन्फरेन्समा केरल राज्यका मुख्यमन्त्री वी विजयन भिडियो भाग भएनन्। उनको स्थानमा मुख्यसचिव टम जोस भाग बनेका थिए। कन्फरेन्समा  ९ जना मुख्यमन्त्रीहरुले बोल्ने समय पाएका थिए।

मेघालयका मुख्यमन्त्री कोनराड संगमाले आफ्नो राज्यमा लकडाउन ३ मेपछि पनि जारी राख्न चाहेको बताए। यद्यपि, ग्रीन जोन क्षेत्रलाई केही छुट दिइने उनले उल्लेख गरे।  ओडिशा र गोवाका मुख्यमन्त्रीले पनि लकडाउनको अवधि बढाउन सुझाव दिए।

पुडुचेरीका मुख्मन्त्री वी नारायाणसामीले अधिकांश भाजपा शासिन राज्यका मुख्यमन्त्रीहरु लकडाउन बढाउने पक्षमा रहेको बताए। उनीहरुले आर्थिक गतिविधि बिस्तारै सुरु गर्नुपर्ने सुझाव दिएका थिए।

लकडाउनको दोस्रो चरण ३ मेमा सकिन अघि नै अर्थव्यवस्थामा सुधार ल्याउन केन्द्र सरकारले ३० र २५ अप्रिल गरेर दुईपटक लकडाउनमा छुट दिइसकेको छ। यद्यपि, कहाँ–कहाँ पसल खोल्ने र आर्थिक गतिविधि सुरु गर्ने फैसला राज्य सरकारमा छोडिएको छ।

बैठकमा प्रधानमन्त्री मोदीले लकडाउनको नतिजा सकारात्मक रहेको र डेढ महिनामा आफूहरुले हजारौँको जीवन रक्षा गर्न सफल भएको जिकिर गरेका थिए। उनले कोरोनाभाइरसको संकट अझै नटलेको यो केही महिना अझै कायम रहने बताएका थिए। उनले अब देशको अर्थव्यवस्थामा पनि ध्यान दिनुपर्ने बताउँदै प्रविधिको अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिए।

यसअघि गत ११ अप्रिलमा मोदी र मुख्यमन्त्रीहरुबीच छलफल भएको थियो।

प्रकाशित मिति: : 2020-04-27 16:23:07

प्रतिकृया दिनुहोस्