उत्तर कोरियाली शासक किम 'जिवीत' रहेको दक्षिण कोरियाली दावी

बिएल संवाददाता

सोल-दक्षिण कोरिया

उत्तर कोरियाली नेता किम जोन वुनको स्वास्थ्य अवस्थालाई लिएर परस्पर विरोधी समाचार बाहिर आउने क्रम रोकिएको छैन। विश्वका विभिन्न प्रतिष्ठित सञ्चार माध्यमले उनको निधन भएको समाचार दिइरहेकै बेला दक्षिण कोरियाले भने उनी जिवीत र सकुशल रहेको जनाएको छ।

दक्षिण कोरियाली राष्ट्रपतिका उच्च वैदेशिक मामिलासम्वन्धी सल्लाहकार मुन चङ-इनले भनेका छन्, ' उनी अप्रिल ११ देखि वोन्सनान क्षेत्रमा छन् । उनी जिवित र सञ्चै अवस्थामा छन्। कुनै संकास्पद गतिविधि भएको पाइएको छैन।'

उत्तर कोरियाली नेता किम जोन वुनको स्वास्थ्य अवस्थालाई लिएर परस्पर विरोधी समाचार बाहिर आउने क्रम रोकिएको छैन। विश्वका विभिन्न प्रतिष्ठित सञ्चार माध्यमले उनको निधन भएको समाचार दिइरहेकै बेला दक्षिण कोरियाले भने उनी जिवीत र सकुशल रहेको जनाएको छ। यसअघिका उत्तर कोरियाली शासकहरूको मृत्युको बेला यस्तैखाले  परस्पर विरोधी दावीहरू आएका थिए।

उत्तर कोरिया एक बन्द राजनीतिक व्यवस्था भएको मुलुक हो। त्यसैले आफ्ना शक्तिशाली शासकका यस्ता अप्रिय समाचार बाहिर सजिलै आउँदैनन्। जब यस्ता ठूला घटनाका सबैखाले असरलाई साम्य पार्ने व्यवस्था हुन्छ, अनि मात्र सार्वजनिक हुन्छन्। यसअघि वर्तमान शासक किमका हजुरबाबु र बाबुको मृत्युको समाचार पनि औपचारिक हुन लामो समय लागेको थियो। 

यतिबेला चिनिया कम्युनिष्ट पार्टीका एक केन्द्रीय सदस्यको नेतृत्वमा एक विशेषज्ञ चिनियाँ चिकित्सक टोली प्योङयाङमा छ। किमको अवस्था चिन्ताजनक भएपछि थप उपचारका लागि प्योङयाङ पुगेको चिनियाँ चिकित्सक टोलीले उनको स्वास्थ्य अवस्थाको बारेमा केही बताएको छैन। 

केही समयदेखि उनी कोमामा गएको र गम्भीर अवस्थामा उपचार भैरहेको समाचारहरू सार्वजनिक भैरहेका थिए। दक्षिण कोरियाली गुप्तचर विभागले यो समाचार बाहिर ल्याएको थियो । त्यही आधारमा अमेरिकी गुप्तचर संस्था सीआईएले पनि यसबारेमा सूचना चुहाएको थियो ।

 

प्रकाशित मिति: : 2020-04-27 02:00:24

प्रतिकृया दिनुहोस्