कोरोनाबाट एकैदिनमा मृत्यु हुनेको संख्या एक महिनायताकै कम: स्पेन

बिएल संवाददाता

बार्सिलाेना

स्पेनमा कोरोना भाइरसबाट एकैदिनमा मृत्यु हुनेको संख्या एक महिनायताकै कम विन्दुमा आइपुगेको छ। एक महिनाभन्दा लामो समयपछि स्पेनमा एकै दिनमा मृत्यु हुने मानिसको संख्या सबैभन्दा कम देखिएको हो।  

स्पेनको स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा स्पेनमा दुई सय ८८ जनाको मृत्यु भएको छ।

अघिल्लो दिन स्पेनमा तीन सय ७८ जनाको मृत्यु भएको थियो। स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २२ हजार ९ सय २ पुगेको छ।

बिस्तारै संक्रमित र मृतकको संख्या घट्न थालेपछि सरकारले लकडाउन पनि खुकुलो पारेको छ। आइतबारदेखि स्पेनको राजधानी सहर मेड्रिडमा बालबालिकाहरुलाई घरबाहिर निस्किन पनि अनुमति दिइएको छ।

पछिल्लो ६ सातादेखि घरमा नै बसेका बालबालिकाहरु आइतबार भने क्याड्रिडको सडकमा निस्किएका छन्। 

सरकारले बालबालिकालाई दिनमा एकपटक एक घण्टाको लागि आफ्नो घरभन्दा आधा माइल परसम्म जाने अनुमति दिएको हो।

प्रकाशित मिति: : 2020-04-26 22:01:10

प्रतिकृया दिनुहोस्