२७ वर्षपछि दिब्या भारतीको निधनको विषयमा साजिदको श्रीमती बोलिन् 

एजेन्सी

नयाँ दिल्ली

बलिउडमा सबैभन्दा राम्री नायिका मानिने दिब्या भारतीको निधन आज पनि रहस्यमय बनेको छ। १९ वर्षको उमेरमा दिब्याको एउटा दुर्घटनामा निधन भएको थियो। उनको निधनले परिवारलाई मात्र होइन, उनलाई मन पराउने समर्थकलाई पनि स्तब्ध तुल्याएको थियो। 

दिब्याले बलिउडका निर्माता तथा निर्देशक साजिद नाडियाडवालासँग विवाह गरेकी थिइन। दिब्याको निधनपछि साजिदले वर्धा नामकी अर्के युवतीसँग विवाह गरे। दिब्याको निधन भएको २७ वर्षपछि उनै वर्धाले पहिलो पल्ट धेरै जानकारी दिएकी छिन्। 

साजिदले दोस्रो विवाह गर्दा वर्धाको विषयमा धेरै नकरात्मक टिप्पणीहरू भएका थिए। वर्धाले ‘बलिउड हंगामा’ सँग गरेको कुराकानीमा दिब्या भारती अहिले पनि आफ्नो घरको अभिन्न अंग भएको बताएकी छिन्। 

उनले आफ्नो छोराछोरीले दिब्यालाई ठूलीआमा भनेर बोलाउने गरेको बताइन्। यस्तै, दिब्याको परिवारसँग साजिदको अहिले पनि राम्रो सम्बन्ध भएको उनले बताइन्। 

‘दिब्याको बुवासँग त साजिदको निकै गहिरो सम्बन्ध छ। उनी छोरा जस्तै दिब्याको आमाबुवासँग भेट्ने गर्छन।’

उनले दिब्याको स्थान आफूले कहिल्यै लिन नचाहेको पनि बताइन्। दिब्याको स्वभाव निकै राम्रो भएको उनले बताइन्। 

५ अप्रिल १९९३ मा दिब्याको निधन फ्लाटको बालकोनीबाट खसेर भएको थियो। यति बेला उनको घरमा दुई जना साथी तथा काम गर्ने एक महिला थिइन। उनले धेरै छिटो भारतीय सिनेमामा ख्याती कमाएकी थिइन। 

प्रकाशित मिति: : 2020-04-26 13:27:17

प्रतिकृया दिनुहोस्