नेपालमा कोरोना संक्रमितको संख्या बढ्ने क्रमसँगै निको हुने क्रम पनि बढ्दो छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ भने निको भएर घर फर्कनेको संख्या पनि ११ पुगेको छ।
म कोरोना भाइरस परीक्षण नेगेटिभ आएर दोस्रो जुनी पाउँनेमा ढुक्क थिएँ। अब गाउँमा गएर अरूलाई पनि कोरोनालाई जित्न के के गर्नुपर्छ ?, त्यो सबै सिकाउने छु।
- अंशु सापकोटा, वाग्लुङ
शुक्रबार बागलुङकी १९ वर्षीया अंशु सापकोटा कोरोनाबाट मुक्त भएर घर फर्केपछि घर फर्किनेको संख्या ११ पुगेको हो।
सापकोटा करिव अढाइ महिना बेल्जियम बसेर चैत ४ गते नेपाल फर्केकी थिइन्। फर्केको केही समयमै कोरोना संक्रमणका सम्भावित लक्षण देखिएपछि उनी पाँचौ संक्रमितका रूपमा धौलागिरि अञ्चल अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएकी थिइन्।